सरकारद्वारा लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध

सरकारद्वारा लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध : Icon Khabar

काठमाडौँ, असोज १६ । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो ।

लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मन्त्रालयले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी, काठमाडौँमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने