यस वर्ष नयाँ नोट साट्न नपाइने, सुकिला नोट रू १८ हजार ५०० सम्म साट्न पाइने

यस वर्ष नयाँ नोट साट्न नपाइने, सुकिला नोट रू १८ हजार ५०० सम्म साट्न पाइने : Icon Khabar

काठमाडौँ, असोज १५ । विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैङ्कबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैङ्कमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए।

उनले यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताए । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैङ्कले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैँमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे।

राष्ट्र बैङ्कसँग तथा बैँकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताए। उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दसैँको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए।

बजारमा प्रशस्तै पुराना नोट प्रयोगमा रहेको जनाएको छ । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपियाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

Published Date: 01 October 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली