सरकारद्वारा आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा

सरकारद्वारा आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा : Icon Khabar

काठमाडौँ, असोज १५ । बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले आज, मंगलबार (असोज १५ गते)देखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा भने दिइएको छैन।

बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ। उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने बताइएको छ।

Published Date: 01 October 2024