देशमा मूल्यवृद्धिको स्तर घट्यो: राष्ट्र बैंक

देशमा मूल्यवृद्धिको स्तर घट्यो: राष्ट्र बैंक : Icon Khabar

काठमाडौं, असोज १० । साउन महिनामा समग्र बजारमा मूल्यवृद्धि दर ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो एक महिनामा उपभोक्ता मुद्रास्फीति दर ४.१० प्रतिशतमा सीमित भएको हो । अघिल्लो वर्षको साउनसम्म यस्तो दर ७.५२ प्रतिशत रहेको थियो ।

यसरी मूल्यवृद्धिको स्तर घट्नुमा खाद्य र गैरखाद्य दुवै वस्तुको योगदान देखिएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति दर क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत रहेको थियो ।

समग्र मूल्यवृद्धि घटे पनि यो अवधिमा खाद्यान्न, गेडागुडी र तरकारीको मूल्य भने ह्वात्तै बढेको छ । खाद्यान्नको मूलय ९.१५ प्रतिशत, गेडागुडी १२.०९ प्रतिशत र तरकारीको मूल्य १९.०७ प्रतिशतले बढेको छ । मसलाजन्य वस्तुको मूल्य भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

त्यस्तै, गैरखाद्य क्षेत्रतर्फ अल्कोहल बाहेक अरु सबै वस्तुको मूल्यवृद्धि संयमित देखिएको छ । सबैभन्दा धेरै हिस्सा भएका आवास, फर्निेचर एवं स्वास्थ्य र यातायात क्षेत्रको मूल्यस्तर संयमित रहँदा यो अवधिमा मूल्यवृद्धि चाप नदेखिएको देखिन्छ ।

राष्ट्र बैंकले देशभरका बजार केन्द्रबाट कुल ५ सय २५ वस्तु तथा सेवाको मूल्य सर्भेक्षणका आधारमा यो रिपोर्ट निकाल्ने गर्छ । यसलाई खाद्य र गैरखाद्य समेतमा गरी २२ वटा समूहमा विभाजन गरेर मूल्यस्तर मापन गर्ने गरेको छ । यसअघि २०७१–७२ को आधार वर्षका आधारमा मापन हुँदै आएको मूल्यस्तरलाई यो वर्षदेखि आव २०८०–८१ कायम गरिएको छ राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि यसरी आधार वर्ष परिवर्तनको असर समायोजन गरिने भएकोले प्रस्तुत रिपोर्टमा आधार वर्ष परिवर्तनको कुनै असर नहुने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।

Published Date: 26 September 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु