बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज १० । बिहीबार नेप्से सूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको छ ।

आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । करिब ३० अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार रकम अहिले ४-५ अर्बमा सीमित बनेको छ ।

अपि पावरको सबैभन्दा धेरै ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यता, विन नेपाल लघुवित्तको सेयर भाउ भने सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ ।

आज ट्रेडिङ समूह १.३० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह स्थिर देखिएको छ । बाँकी अरु समूह घटेका छन् ।

Published Date: 26 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग