बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज १० । बिहीबार नेप्से सूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको छ ।

आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । करिब ३० अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार रकम अहिले ४-५ अर्बमा सीमित बनेको छ ।

अपि पावरको सबैभन्दा धेरै ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यता, विन नेपाल लघुवित्तको सेयर भाउ भने सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ ।

आज ट्रेडिङ समूह १.३० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह स्थिर देखिएको छ । बाँकी अरु समूह घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने