युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने

युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने : Icon Khabar

काठमाडौँ, असोज १० । युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति १ सय ८५ औं बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपालको शेयर बजारमा सबैभन्दा धेरै लाभांश दिने कम्पनी युनिलिभर नै हो ।

कम्पनीले १७१४ प्रतिशत नै नगद लाभांश दिन लागेको हो । लाभांश घोषणासँगै उक्त बैठकले वार्षिक साधारणसभा पनि बोलाएको छ । कार्तिक १२ गतेका लागि कम्पनीले साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने