युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने

युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने : Icon Khabar

काठमाडौँ, असोज १० । युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति १ सय ८५ औं बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपालको शेयर बजारमा सबैभन्दा धेरै लाभांश दिने कम्पनी युनिलिभर नै हो ।

कम्पनीले १७१४ प्रतिशत नै नगद लाभांश दिन लागेको हो । लाभांश घोषणासँगै उक्त बैठकले वार्षिक साधारणसभा पनि बोलाएको छ । कार्तिक १२ गतेका लागि कम्पनीले साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको नेप्सेले जनाएको छ ।

Published Date: 26 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग