काठमाडाैंकाे लैनचाैरमा दुईवटा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

काठमाडाैंकाे लैनचाैरमा दुईवटा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु : Icon Khabar

काठमाडौँ, असोज १० । काठमाडाैंकाे लैनचाैरमा दुईवटा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बुधबार राति बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र- ०२-०३६ प ७४४९ नम्बरको स्कुटर बीच सडकमा नै एकआपसमा ठाेक्किएका थिए ।

मृत्यु हुनेमा बा प्र-०२०३६ प ७४४९ नम्बरका स्कुटर चालक हुन् । दोलखा मेलुङ गाउँपालिका-५का २१ वर्षका रूपेश केसीको दुर्घटनामा परी मृत्यु भएको हो ।

गए राती दुर्घटना भएपछि केसीलाई शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि लगिएकाे थियाे ।अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अर्का स्कुटर चालकलाई भने नियन्त्रणमा लिएको छ ।

Published Date: 26 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग