बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार नाघ्यो

बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार नाघ्यो : Icon Khabar

काठमाडौँ, असोज ९ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यससँगै विगत ४ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।

यसअघि असोज ८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४०रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 25 September 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’