सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक

सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक : Icon Khabar

मकवानपुर, असोज ८ । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरेका छन् ।

Published Date: 24 September 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी