लेबनानमा इजरायलले गरेको आक्रमणमा परि ४९२ जनाको मृत्यु

लेबनानमा इजरायलले गरेको आक्रमणमा परि ४९२ जनाको मृत्यु : Icon Khabar

बेरुत (लेबनान), असोज ८ । सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार ६४५ जना घाइते भएको जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताएका छन् । पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरुले आकाशमा धुवाँको मुस्लो उडाएको थियो । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन भएको बताईएको छ

हमास र अन्य प्यालेस्टिनी लडाकूहरुले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार ६ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो संख्यामा’ हिजबुल्लाहका लडाकूहरु मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानामा नयाँ आक्रमणहरुको खबर दिएपछि हिजबुल्लाहले मंगलबार बिहान इजरायली सैन्य ठेगानाहरुमा ‘मिसाइलहरुको वर्षा’ गरेको बताएका छन् । इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरुलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने