लेबनानमा इजरायलले गरेको आक्रमणमा परि ४९२ जनाको मृत्यु

लेबनानमा इजरायलले गरेको आक्रमणमा परि ४९२ जनाको मृत्यु : Icon Khabar

बेरुत (लेबनान), असोज ८ । सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार ६४५ जना घाइते भएको जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताएका छन् । पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरुले आकाशमा धुवाँको मुस्लो उडाएको थियो । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन भएको बताईएको छ

हमास र अन्य प्यालेस्टिनी लडाकूहरुले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार ६ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो संख्यामा’ हिजबुल्लाहका लडाकूहरु मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानामा नयाँ आक्रमणहरुको खबर दिएपछि हिजबुल्लाहले मंगलबार बिहान इजरायली सैन्य ठेगानाहरुमा ‘मिसाइलहरुको वर्षा’ गरेको बताएका छन् । इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरुलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो ।

Published Date: 24 September 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता