सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ८ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (असोज ८ गते) सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार तोलामा १७ सय र सोमबार ४०० रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । यो सँगै पछिल्लो ३ दिनमा मात्र सुनको भाउ तोलामा २६ सय रुपैयाँ बढेको देखिन्छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १९ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 24 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग