सडकमा ट्राफिक जाम छ/छैन हेर्नको लागि उपयोगी गुगल म्याप्स

सडकमा ट्राफिक जाम छ/छैन हेर्नको लागि उपयोगी गुगल म्याप्स : Icon Khabar

काठमाडौं, असोज २ । सवारी साधनमा यात्रा गर्दा सबैभन्दा असहज र तनावपूर्ण अवस्था के होला ? पक्कै पनि ट्राफिक जाममा फस्नु नै हो । यो कुनै नौलो कुरा होइन, काठमाडौंजस्ता सहरमा त झन जाम एउटा ‘डेली रुटिन’ जस्तै भइसक्यो ।

यात्राको क्रममा अचानक जाममा फस्दा ट्याक्सीमा मिटर बढ्दै जान्छ, बाइकमा समय बर्बाद हुन्छ, अनि बसमा पर्खाइले दिक्क लाग्छ । तर फोनबाटै तपाईँले ट्राफिकको स्थिति पहिल्यै थाहा पाएर वैकल्पिक मार्ग रोज्न सक्नुहुन्छ । जाममा फस्नुपर्ने तनावबाट मुक्त हुनका लागि यो नै स्मार्ट तरिका हो ।

गुगल म्याप्स
लोकप्रिय एपमध्ये एक हो, गुगल म्याप्स। तपाईं जहाँ जान चाहनुहुन्छ, लोकेसन टाइप गरेर रुट हेर्नुहोस् । यदि जामको समस्या छ भने गुगलले तपाईंलाई रातो रङमा देखाउँछ। हल्का जाम छ भने सुन्तला रङ र कुनै जाम छैन भने हरियो रङमा मार्ग देखाइन्छ । नजिकका सबै रुटहरू, वैकल्पिक बाटो र समयमा पुग्नसक्ने विकल्प पनि गुगल म्याप्सले सजिलै देखाउँछ ।

एप्पल म्याप्स
आईफोन प्रयोगकर्ताहरूका लागि अर्को सुविधा छ, एप्पल म्याप्स । यो एपमा तपाईंको गन्तव्य टाइप गरेर ‘कार’ आइकन ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले जामबिना यात्रा गर्न मिल्ने बाटो र त्यसमा लाग्ने समय देख्न सक्नुहुन्छ । एप्पल म्याप्सलाई प्रिइन्स्टल गरिएको हुन्छ, तर छैन भने एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।

वाज (Waze)
वाज एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । नेपालमा तुलनात्मक रूपमा यसका प्रयोगकर्ता कम छन् । तर यसमा पनि ट्राफिक जाम कुनकुन स्थानमा भइरहेको छ भने हेर्न सकिन्छ । यसका लागि पनि सर्चबारमा गई स्थानको नाम टाइप गर्नुहोस् । त्यसपछि त्यहाँसम्म पुग्ने बाटोको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

माथि उल्लिखित सबै एपमा लोकेसन नराखेर पनि कुनकुन स्थानमा सडकको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । साथै कुनै पनि सर्च इन्जिन (गगल, बार्ड आदि)मा ‘ट्राफिक जाम’ भनेर सर्च गर्न सक्नुहुन्छ । यदि कुनै पनि सडकमा अत्यधिक जाम छ भने स्वतः रातो देखिन्छ ।

Published Date: 18 September 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी