हाछ्यु रोक्ने बानी छ ? सावधान !

हाछ्यु रोक्ने बानी छ ? सावधान ! : Icon Khabar

काठमाडौं, असोज २ । बेलायतमा हाछ्यु रोक्ने कोशिस गर्दा एक व्यक्तिको घाँटीमा गम्भीर चोट लागेको छ। बेलायतको डन्डीमा एक ३० वर्षका व्यक्तिले हाछ्यु रोक्न खोज्दा घाँटीमा गम्भीर चोट आएकझ हझ। उनलाई नाइनवेल्स अस्पतालमा पुर्याएर उपचार गरिएको छ। उनले हाछ्यु रोक्न नाक र मुख बन्द गरेका थिए।

उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।

घाँटीमा मात्रै होइन, कानको पर्दा समेत फुट्न सक्छ। रक्तनलीमा अप्रत्याशित रुपमा फोका आउन सक्छ र कतिको छातिको हड्डी समेत टुट्न सक्छ।

यस विषयमा मेडिकल विज्ञानसँग जोडिएको बीएमजे जर्नल्समा समेत राम्रोसँग उल्लेख गरिएको छ। ती व्यक्तिले एलर्जी र खोकीले ग्रस्त थिए र कार चलाइरहेका थिए । त्यसैले उनले हाछ्यु रोक्न प्रयास गरेका हुन्।

बीएमजेमा छापिएको रिपोर्टका मुख्य लेखक डा रासेड्स मिसिरोब्सले हाछ्यु मानव शरीरको प्राकृत्क डिफेन्स मेकानिज्म अर्थात् एक प्राकृतिक सुरक्षा प्रक्रिया हो। बीबीसी विश्व सेवाले गरेको कुराकानीमा उनले बताएका छन्, ‘हाछ्युबाट शरीरमा आएका इरिटेन्ट्स (असहज बनाउने तत्व)लाई नाकको बाटोबाट बाहिर निकाल्ने कोशिस गरिन्छ । त्यसैले हाछ्यु रोक्न हुँदैन।’

Published Date: 18 September 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय