काठमाडौंको कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा

काठमाडौंको कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा : Icon Khabar

काठमाडौँ, असोज २ । उच्च शिक्षा अध्ययनको लागि जापान जाने विद्यार्थीलाई लक्षित गरी काठमाडौंको कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर मंगलबार आयोजित एक कार्यक्रमबीच बाग्मती प्रदेश सभाका सदस्य सुनिल केसीले कन्सल्टेन्सीको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै बाग्मती प्रदेश सभाका सदस्य केसीले विद्यार्थीलाई गुणस्तरिय शिक्षा र परामर्श सेवा उपलब्ध गराउन सुझाव दिए ।

जापानमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’की प्रमुख कार्यकारी अधिकृत मनिषा पौडेलले बताईन् । ‘हामी विद्यार्थीको समय तथा लगानीलाई ध्यानमा राखेर आवश्यक र उचित परामर्श सेवा दिन प्रतिवद्ध छौं’, पौडेलले भनिन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान, कोरिया लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिम समेत प्रदान गरिने उनले जानकारी दिईन् । जापानमा उच्च शिक्षा अध्ययन गरी स्वदेश फर्किएका युवाको समूहले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा कन्सल्टेन्सी खोलेका हुन् ।

प्रमाण पत्र तह अध्ययनपछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलमा रहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने आफूहरुको उद्देश्य रहेको कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक बिन्दु रानाले बताईन् ।

नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको सम्झौता अनुसार दक्ष कामदार भिसामा जापान जाने ब्यवस्था रहेकोले त्यसका लागि पनि भाषा तथा विभिन्न सीपका तयारी कक्षाहरु सञ्चालन गरिने उनको भनाई छ ।

सन् २०१९ मार्चमा सम्पन्न सम्झौता अनुसार सरकार र सरकारबीच नै कामदार पठाउने समझदारी भएको थियो । रानाले करीब एक दशक जापानमा अध्ययन गरी स्वदेश फर्किएर कन्सल्टेन्सी खोलेकी हुन् । ‘करीब एक दशक जापानमा रहेर हासिल गरेको अनुभव, सम्पर्क र ज्ञानलाई नेपालबाट त्यहाँ गएर अध्ययन गर्न चाहने विधार्थीको हितमा सघाउ पुर्‍याउने उद्देश्यले हामी अघि बढेका छौं,’ रानाले भनिन् ।

‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’मा आउने विद्यार्थीलाई जापानको जुनसुकै स्थान तथा विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट, उचित र आवश्यक परामर्श सेवा दिन आफूहरु प्रतिवद्ध रहेको रानाले बताईन् ।

कार्यक्रममा सरस्वती युथ क्लब कोटेश्वरका अध्यक्ष उत्तम भण्डारी, महिला रग्बी संघ बाग्मती प्रदेशकी अध्यक्ष बिनु खडका्, वाईसीएल नेपालका केन्द्रीय सदस्य अनन्त प्रकाश श्रेष्ठ, अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भूमिराज अधिकारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन शाही लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2024
Website | + posts