जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको थियो: अभिनेत्री रिया चक्रवर्ती

जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको थियो: अभिनेत्री रिया चक्रवर्ती : Icon Khabar

मुम्बई, भदौ २३ । बलिउड अभिनेत्री रिया चक्रवर्तीले जेलमा बस्दाको आफ्नो अनुभव बारेमा खुलेर कुरा गरेकी छिन् । उनलाई एनसीबीले ड्रगसंग सम्बन्धित घटनामा पक्राउ गरेको थियो । उनी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिकाको रुपमा परिचित थिइन् ।

करिश्मा मेहताको पोडकास्टमा कुरा गर्दै रियाले आफूले जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको बताएकी छिन् । उनले त्यो समय आफ्नो लागि एउटा गाह्रो समय भएको बताएकी थिइन् ।

रिया भन्छिन्– ‘जेल वास्तवमै एउटा छुट्टै संसार हो, किनभने त्यहाँ कुनै समाज छैन । सबै एक समान छन् । सबै एक नम्बर हुन्छन् । त्यो ठाउँ अनौठो संसार हो, किनभने यो केवल मानिसको भावनाको सबैभन्दा आधारभुत भाग हो । यो सर्भाइकल हुन्छ । तपाईँले त्यहाँ हरेक दिन सर्भाइभ गर्नु पर्छ र हरेक दिन एक वर्ष जस्तै लाग्छ । गर्नका लागि केहि पनि काम नभएकाले एक दिन समाप्त हुन नै धेरै समय लाग्छ । समय रोकिए झैँ लाग्छ । त्यहाँ बस्ने क्रममा पहिलो दुई हप्ता मलाई त्यहाँको स्थितिमा सामञ्जस्य बसाउन अति नै गाह्रो भएको थियो । कुनै पनि मानिसले आफू कुनै दिन जेल जानु पर्छ भन्ने सोचेको हुँदैन । तर जब कोहि एकपटक जब जेल पुग्छ, तब आफू जेलमा छु भन्ने कुरा बुझ्न समय लाग्छ । मलाई जेलमा डिप्रेशन हुन थालेको थियो । मेरो अगाडि अन्धकार थियो । केहि बुझ्न सकेको थिइन् । जेलमा बसेपछि मानिस नेगेटिभ हुन्छ । नेगेटिभ कुराका बारेमा सोच्न थाल्छ । जब कि म एकदम सकारात्मक र खुशी रहने मानिस हुँ ।’

Published Date: 08 September 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग