जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको थियो: अभिनेत्री रिया चक्रवर्ती

जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको थियो: अभिनेत्री रिया चक्रवर्ती : Icon Khabar

मुम्बई, भदौ २३ । बलिउड अभिनेत्री रिया चक्रवर्तीले जेलमा बस्दाको आफ्नो अनुभव बारेमा खुलेर कुरा गरेकी छिन् । उनलाई एनसीबीले ड्रगसंग सम्बन्धित घटनामा पक्राउ गरेको थियो । उनी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिकाको रुपमा परिचित थिइन् ।

करिश्मा मेहताको पोडकास्टमा कुरा गर्दै रियाले आफूले जेलमा बिताएका हरेक दिन एक वर्ष जस्तै लागेको बताएकी छिन् । उनले त्यो समय आफ्नो लागि एउटा गाह्रो समय भएको बताएकी थिइन् ।

रिया भन्छिन्– ‘जेल वास्तवमै एउटा छुट्टै संसार हो, किनभने त्यहाँ कुनै समाज छैन । सबै एक समान छन् । सबै एक नम्बर हुन्छन् । त्यो ठाउँ अनौठो संसार हो, किनभने यो केवल मानिसको भावनाको सबैभन्दा आधारभुत भाग हो । यो सर्भाइकल हुन्छ । तपाईँले त्यहाँ हरेक दिन सर्भाइभ गर्नु पर्छ र हरेक दिन एक वर्ष जस्तै लाग्छ । गर्नका लागि केहि पनि काम नभएकाले एक दिन समाप्त हुन नै धेरै समय लाग्छ । समय रोकिए झैँ लाग्छ । त्यहाँ बस्ने क्रममा पहिलो दुई हप्ता मलाई त्यहाँको स्थितिमा सामञ्जस्य बसाउन अति नै गाह्रो भएको थियो । कुनै पनि मानिसले आफू कुनै दिन जेल जानु पर्छ भन्ने सोचेको हुँदैन । तर जब कोहि एकपटक जब जेल पुग्छ, तब आफू जेलमा छु भन्ने कुरा बुझ्न समय लाग्छ । मलाई जेलमा डिप्रेशन हुन थालेको थियो । मेरो अगाडि अन्धकार थियो । केहि बुझ्न सकेको थिइन् । जेलमा बसेपछि मानिस नेगेटिभ हुन्छ । नेगेटिभ कुराका बारेमा सोच्न थाल्छ । जब कि म एकदम सकारात्मक र खुशी रहने मानिस हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1
Published Date: 08 September 2024
Website | + posts