चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई भौतिक पूर्वाधार मन्त्रीको निर्देशन

चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई भौतिक पूर्वाधार मन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, भदौ २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिए ।

जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत उनले निर्देशन दिए । उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे ।

दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने