एक्सेल्सियर क्वाटरफाइनलमा

एक्सेल्सियर क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, माघ २२ । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गरेको छ । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् ।

सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला पनि क्वाटरफाइनलमा पुगेको छ । एमआईएसले क्लिनटनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराएको थियो । त्यसैगरी एमआईएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान ८–८ अंक जोडेको थियो । सिनियर ब्वाइज बास्केटबलमा भने पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआईएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाएको छ । पिपुल्सका राकेश भुजेलले १४, एमआईएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुलेको छ ।

फुटबल तर्फ भने यु–१२ ब्वाइजमा बृहस्पति विद्या सदनले एक्सेल्सियरलाई ४–० र रिब्सलाई ५–१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७–१, श्री सञ्जय साइले ओराकललाई १–० तथा काष्ठमण्डपले श्री सञ्जय साइलाई ८–० गोलअन्तरले पराजित गरेको छ । एक्सेल्सियर ‘नीलो’ र रिब्सले १–१ को बराबरी खेल खेलेको थियो ।

त्यसै यु–१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४–१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७–१ र लोयल्टीले श्री सञ्जय साइलाई ३–० ले हरादै जित तय गरेको थियो । एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेल टुङ्गिएको थियो ।

Published Date: 05 February 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली