एक्सेल्सियर क्वाटरफाइनलमा

एक्सेल्सियर क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, माघ २२ । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गरेको छ । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् ।

सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला पनि क्वाटरफाइनलमा पुगेको छ । एमआईएसले क्लिनटनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराएको थियो । त्यसैगरी एमआईएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान ८–८ अंक जोडेको थियो । सिनियर ब्वाइज बास्केटबलमा भने पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआईएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाएको छ । पिपुल्सका राकेश भुजेलले १४, एमआईएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुलेको छ ।

फुटबल तर्फ भने यु–१२ ब्वाइजमा बृहस्पति विद्या सदनले एक्सेल्सियरलाई ४–० र रिब्सलाई ५–१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७–१, श्री सञ्जय साइले ओराकललाई १–० तथा काष्ठमण्डपले श्री सञ्जय साइलाई ८–० गोलअन्तरले पराजित गरेको छ । एक्सेल्सियर ‘नीलो’ र रिब्सले १–१ को बराबरी खेल खेलेको थियो ।

त्यसै यु–१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४–१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७–१ र लोयल्टीले श्री सञ्जय साइलाई ३–० ले हरादै जित तय गरेको थियो । एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेल टुङ्गिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट