विश्वकै पहिलो ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक

विश्वकै पहिलो ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ १९ । ह्वावेले आगामी सेप्टेम्बर १० मा विश्वकै पहिलो ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । एक पोस्टरमा ट्रिपल-फोल्ड स्मार्टफोन देखाउँदै ह्वावेले सार्वजनिक मिति खुलाएको हो ।

यसअघि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिचर्ड यूले ट्रिपल फोल्डिङ फोन बोकेको फोटो सार्वजनिक भएपछि यसबारे रहस्य खुलेको थियो । फोटोमा यूले पूर्ण रूपमा तीन पटकसम्म फोल्ड गर्न मिल्ने फोन प्रयोग गरिरहेको देख्न सकिन्छ, जुन अत्यन्त पातलो देखिन्छ । यसबाट यो फोन सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्सभन्दा पनि पातलो हुनसक्ने अनुमान गरिएको छ ।

यो फोल्डेबल फोन अनफोल्ड भएको अवस्थामा करिब १० इन्चको डिस्प्ले हुने अनुमान छ, जसले यसलाई फोल्डेबल फोनहरूको तुलनामा ठूलो बनाउने छ ।

फोनको स्क्रिनमा होल-पन्च कटआउट सहितको फ्रन्ट क्यामेरा राखिएको छ, जसले यसको डिजाइन अझै आकर्षक बनेको छ । फोनका अन्य विशेषता के-कस्ता हुन्छन् भनेर पनि धेरैले चासो देखाएका छन् ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक हुनु एक दिन अर्थात् सेप्टेम्बर ९ मा एप्पलले नेपाली समय अनुसार बेलुकी १०:४५ मा​ आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ह्वावेले यही मेसोमा स्मार्टफोन पारखीहरूको ध्यान आफूतिर खिच्न खोजेको छ ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सुरुमा चिनियाँ बजारमा मात्र उपलब्ध हुने बताइएको छ । त्यसपछि अन्य बजारमा पनि विस्तार हुने संभावना छ । यद्यपि, अमेरिकासँगको व्यापार प्रतिबन्धका कारण यो फोनमा गुगलका एपहरू उपलब्ध हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो