विश्वकै पहिलो ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक

विश्वकै पहिलो ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ १९ । ह्वावेले आगामी सेप्टेम्बर १० मा विश्वकै पहिलो ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । एक पोस्टरमा ट्रिपल-फोल्ड स्मार्टफोन देखाउँदै ह्वावेले सार्वजनिक मिति खुलाएको हो ।

यसअघि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिचर्ड यूले ट्रिपल फोल्डिङ फोन बोकेको फोटो सार्वजनिक भएपछि यसबारे रहस्य खुलेको थियो । फोटोमा यूले पूर्ण रूपमा तीन पटकसम्म फोल्ड गर्न मिल्ने फोन प्रयोग गरिरहेको देख्न सकिन्छ, जुन अत्यन्त पातलो देखिन्छ । यसबाट यो फोन सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्सभन्दा पनि पातलो हुनसक्ने अनुमान गरिएको छ ।

यो फोल्डेबल फोन अनफोल्ड भएको अवस्थामा करिब १० इन्चको डिस्प्ले हुने अनुमान छ, जसले यसलाई फोल्डेबल फोनहरूको तुलनामा ठूलो बनाउने छ ।

फोनको स्क्रिनमा होल-पन्च कटआउट सहितको फ्रन्ट क्यामेरा राखिएको छ, जसले यसको डिजाइन अझै आकर्षक बनेको छ । फोनका अन्य विशेषता के-कस्ता हुन्छन् भनेर पनि धेरैले चासो देखाएका छन् ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक हुनु एक दिन अर्थात् सेप्टेम्बर ९ मा एप्पलले नेपाली समय अनुसार बेलुकी १०:४५ मा​ आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ । ह्वावेले यही मेसोमा स्मार्टफोन पारखीहरूको ध्यान आफूतिर खिच्न खोजेको छ ।

ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन सुरुमा चिनियाँ बजारमा मात्र उपलब्ध हुने बताइएको छ । त्यसपछि अन्य बजारमा पनि विस्तार हुने संभावना छ । यद्यपि, अमेरिकासँगको व्यापार प्रतिबन्धका कारण यो फोनमा गुगलका एपहरू उपलब्ध हुने छैनन् ।

Published Date: 04 September 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न