काठमाडौँ, भदौ १९ । बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको छ। घटेको बजारमा कारोबार रकम भने थप सुस्ताएको छ।
बुधबार कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ।
बुधबार नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
Published Date: 04 September 2024