बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, भदौ १९ । बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको छ। घटेको बजारमा कारोबार रकम भने थप सुस्ताएको छ।

बुधबार कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ।

बुधबार नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 04 September 2024
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक: सातै प्रदेशमा वर्षाको सम्भावना
ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज मनाइँदै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय