युनिलिभर लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने

युनिलिभर लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने : Icon Khabar

काठमाडौं, भदौ १८ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने तयारी गरेको छ । कम्पनीले हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा नगद लाभांश भुक्तानी हुने जनाएको छ । तर, लाभांश खातामा कहिलेदेखि पठाउने भनेर कम्पनीले खुलाएको छैन ।

यता, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । यसको लागि कम्पनीले हालसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।

यस्तै, युनिलिभरले प्रत्येक सेयरधनीहरुलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी डिम्याट खातामा अद्यावधिक गराउन पनि आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिसेयर १५ सय ८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने