युनिलिभर लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने

युनिलिभर लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने : Icon Khabar

काठमाडौं, भदौ १८ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने तयारी गरेको छ । कम्पनीले हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा नगद लाभांश भुक्तानी हुने जनाएको छ । तर, लाभांश खातामा कहिलेदेखि पठाउने भनेर कम्पनीले खुलाएको छैन ।

यता, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । यसको लागि कम्पनीले हालसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।

यस्तै, युनिलिभरले प्रत्येक सेयरधनीहरुलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी डिम्याट खातामा अद्यावधिक गराउन पनि आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिसेयर १५ सय ८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Published Date: 03 September 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग