राष्ट्रिय सहकारी बैंकको निस्क्रिय कर्जा २२ प्रतिशत, १ अर्ब ७५ करोड नोक्सानीमा

के राष्ट्रिय सहकारी बैंक समस्यामा परेकै हो ?

राष्ट्रिय सहकारी बैंकको निस्क्रिय कर्जा २२ प्रतिशत, १ अर्ब ७५ करोड नोक्सानीमा : Icon Khabar

काठमाडौं, भदौ ६ । नेपाको सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ को निस्क्रिय कर्जा २२ प्रतिशत पुगेको छ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका अनुसार निस्क्रिय कर्जा २२ प्रतिशत पुगेको हो भने १ अर्ब ७५ करोड नोक्सानीमा रहेको विवरणमा उल्लेख छ।

बैंकमा न्यूनतम ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात हुनुपर्ने व्यवस्था छ । तर, गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको सहकारी बैंकको पूँजीकोष अनुपात ५ प्रतिशतमा झरेको छ ।

२ अर्ब ७८ करोड ९२ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सञ्चित नोक्सानी नै २ अर्ब ८३ करोड ५३ लाख ९ हजार रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सहकारी संस्थाबाट ६१ अर्ब ७ करोड ७९ लाख निक्षेप संकलन गरेको बैंकले गत आवमा सहकारी संस्थालाई २२ अर्ब ९ करोड ५७ लाख कर्जा लगानी गरेको जनाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी नै गत आव मात्रै ६२ रुपैयाँ ८९ पैसाले ऋणात्मक रहेको बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

२०८० असार मसान्तमा ७.९५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात २०८१ असार मसान्तमा २१.९१ प्रतिशत पुगेको छ । गत आव मात्रै बैंकले ५ अर्ब ८८ करोड ७९ लाख सम्भावित कर्जा नोक्सानी व्यवस्था गर्दा ३ अर्ब २४ करोड १० लाख ‘राइटब्याक’ गरेको छ । यस आधारमा २ अर्ब ६४ करोड ६९ लाख गत आव सम्भावित कर्जा नोक्सानीका लागि थप प्रोभिजन गरेको छ ।

यस विवरणकै आधारमा के राष्ट्रिय सहकारी बैंक समस्यामा परेकै हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने