राष्ट्रिय सहकारी बैंकको निस्क्रिय कर्जा २२ प्रतिशत, १ अर्ब ७५ करोड नोक्सानीमा

के राष्ट्रिय सहकारी बैंक समस्यामा परेकै हो ?

राष्ट्रिय सहकारी बैंकको निस्क्रिय कर्जा २२ प्रतिशत, १ अर्ब ७५ करोड नोक्सानीमा : Icon Khabar

काठमाडौं, भदौ ६ । नेपाको सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ को निस्क्रिय कर्जा २२ प्रतिशत पुगेको छ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका अनुसार निस्क्रिय कर्जा २२ प्रतिशत पुगेको हो भने १ अर्ब ७५ करोड नोक्सानीमा रहेको विवरणमा उल्लेख छ।

बैंकमा न्यूनतम ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात हुनुपर्ने व्यवस्था छ । तर, गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको सहकारी बैंकको पूँजीकोष अनुपात ५ प्रतिशतमा झरेको छ ।

२ अर्ब ७८ करोड ९२ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सञ्चित नोक्सानी नै २ अर्ब ८३ करोड ५३ लाख ९ हजार रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सहकारी संस्थाबाट ६१ अर्ब ७ करोड ७९ लाख निक्षेप संकलन गरेको बैंकले गत आवमा सहकारी संस्थालाई २२ अर्ब ९ करोड ५७ लाख कर्जा लगानी गरेको जनाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी नै गत आव मात्रै ६२ रुपैयाँ ८९ पैसाले ऋणात्मक रहेको बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

२०८० असार मसान्तमा ७.९५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात २०८१ असार मसान्तमा २१.९१ प्रतिशत पुगेको छ । गत आव मात्रै बैंकले ५ अर्ब ८८ करोड ७९ लाख सम्भावित कर्जा नोक्सानी व्यवस्था गर्दा ३ अर्ब २४ करोड १० लाख ‘राइटब्याक’ गरेको छ । यस आधारमा २ अर्ब ६४ करोड ६९ लाख गत आव सम्भावित कर्जा नोक्सानीका लागि थप प्रोभिजन गरेको छ ।

यस विवरणकै आधारमा के राष्ट्रिय सहकारी बैंक समस्यामा परेकै हो ?

Published Date: 22 August 2024


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली