डोलेश्वरमा बिहानैदेखि भक्तजनहरुको भीड, आज चारैवटा ढोका खुल्ला

डोलेश्वरमा बिहानैदेखि भक्तजनहरुको भीड, आज चारैवटा ढोका खुल्ला : Icon Khabar

भक्तपुर, भदौ ६ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

मन्दिरमा बिहान ४ बजेदेखि चारवटै ढोका खुला गरेर दर्शनको व्यवस्था गरेको र बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताउदै उनले डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

यसैबीच, डोलेश्वरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिना मानिने साउन १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी सुरु भएको श्रावणी मेला पनि आज समापन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2024
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू