भिजिविलिटीका कारण पोखरा विमानस्थल बन्द, पोखराबाट काठमाडौंका लागि उडेको विमान भैरहवा डाइभर्ट

भिजिविलिटीका कारण पोखरा विमानस्थल बन्द, पोखराबाट काठमाडौंका लागि उडेको विमान भैरहवा डाइभर्ट : Icon Khabar

पोखरा, भदौ ५ । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए ।

काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०:२० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी दिए । पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ ।

बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो ।

त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2024
Website | + posts