खुम्बु क्षेत्रमा हिमताल फुट्यो, तीन घर बगायो

खुम्बु क्षेत्रमा हिमताल फुट्यो, तीन घर बगायो : Icon Khabar

काठमाडौँ, साउन ३२ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । ‘तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ,’ उनले भने ।

Published Date: 16 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै