वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने गरि अझै घटायो ब्याजदर

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने गरि अझै घटायो ब्याजदर : Icon Khabar

काठमाडौँ, साउन ३२ । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ। यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२४ प्रतिशतविन्दु घटेको छ।

सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 August 2024
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने