वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने गरि अझै घटायो ब्याजदर

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने गरि अझै घटायो ब्याजदर : Icon Khabar

काठमाडौँ, साउन ३२ । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ। यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२४ प्रतिशतविन्दु घटेको छ।

सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ।

Published Date: 16 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय