शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ३२ । साउन महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ६० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 16 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय