व्यस्त हाइवे बीचमा ट्राफिक चेकिङ र गठ्ठाघरमा भएको आजको भयानक सडक दुर्घटना (विचार)

व्यस्त हाइवे बीचमा ट्राफिक चेकिङ र गठ्ठाघरमा भएको आजको भयानक सडक दुर्घटना (विचार) : Icon Khabar

भक्तपुर, साउन ३१ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको गट्ठाघरमा आज दिउँसो २ बजे ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गयो र त्यसपछि उक्त क्षेत्र तनावग्रस्त रहयो ।

स्कुटर चालक महिलाको ज्यान गएपछि स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बन्यो। ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै अहिले ट्राफिकविरुद्ध नाराबाजी भइरहयो।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउनुका साथै केही सवारी साधनमा तोडफोड गरे। केहि बेर ढुङ्गा हानाहान पनि भयो।

भक्तपुरबाट संचालन हुने भक्तपुरियन्स नामक फेसबुक ग्रुपमा एकजना फेसबुक प्रयोकर्ताले अव्यवस्थित ट्राफिक चेकिङको कारण आज एउटा निर्दोष महिलाको ज्यान गुम्न पुग्यो भनेर आफ्नो विचार ब्यक्त गरे। ब्यस्त राजमार्गकोबीचमा झ्याप झ्याप गाडी रोक्दै सवारी चेकिङ्ग गर्दा आजको दुर्घटना सिर्जना भएको भनेर उनले आफ्नो सो पोष्ट मार्फत दुख ब्यक्त गरे।

यसमा तपाईको भनाई के रहेको छ ? प्रतिक्रिया जनाउनुहोस।

Published Date: 15 August 2024
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय