व्यस्त हाइवे बीचमा ट्राफिक चेकिङ र गठ्ठाघरमा भएको आजको भयानक सडक दुर्घटना (विचार)

व्यस्त हाइवे बीचमा ट्राफिक चेकिङ र गठ्ठाघरमा भएको आजको भयानक सडक दुर्घटना (विचार) : Icon Khabar

भक्तपुर, साउन ३१ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको गट्ठाघरमा आज दिउँसो २ बजे ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गयो र त्यसपछि उक्त क्षेत्र तनावग्रस्त रहयो ।

स्कुटर चालक महिलाको ज्यान गएपछि स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बन्यो। ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै अहिले ट्राफिकविरुद्ध नाराबाजी भइरहयो।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउनुका साथै केही सवारी साधनमा तोडफोड गरे। केहि बेर ढुङ्गा हानाहान पनि भयो।

भक्तपुरबाट संचालन हुने भक्तपुरियन्स नामक फेसबुक ग्रुपमा एकजना फेसबुक प्रयोकर्ताले अव्यवस्थित ट्राफिक चेकिङको कारण आज एउटा निर्दोष महिलाको ज्यान गुम्न पुग्यो भनेर आफ्नो विचार ब्यक्त गरे। ब्यस्त राजमार्गकोबीचमा झ्याप झ्याप गाडी रोक्दै सवारी चेकिङ्ग गर्दा आजको दुर्घटना सिर्जना भएको भनेर उनले आफ्नो सो पोष्ट मार्फत दुख ब्यक्त गरे।

यसमा तपाईको भनाई के रहेको छ ? प्रतिक्रिया जनाउनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
49
+1
0
+1
1
+1
4
Published Date: 15 August 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू