बिहिबार नेप्से परिसूचक ४३.०५ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ४३.०५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ३१ । बिहिबार नेप्से परिसूचक ४३.०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । यो सूचक करिब ३ वर्ष यताकै उच्च विन्दु नजिक आएको छ ।

यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४ विन्दुमा बन्द भएको थियो । झन्डै ३० अर्ब (२९ अर्ब ९५ करोडभन्दा बढीको) सेयर कारोबार भएको छ । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् । बैंकिङ समूहमा निकै रौनकता देखिएको छ । यस दिन बैंकहरुको भाउ बेस्सरी बढेको छ ।

आज ३३४ कम्पनीको ६ करोड ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर परेका छन् । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

Published Date: 15 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड