५० जनामा हैजा पुष्टि भएको छ: स्वास्थ्य मन्त्रालय

५० जनामा हैजा पुष्टि भएको छ: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौँ, साउन २९ । साउन यता चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ललितपुर, काठमाडौँ, प्युठान र कैलाली गरी चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ललितपुरमा छन् । ललितपुरमा ३८, काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिरामीमध्ये तीन जना अस्पतालमा उपचाररत छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली पहिचान गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भएको मन्त्रालयले जनाएको छ ।

प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयनमा काम भइरहेको, ललितपुरमा र काठमाडौँमा समुदायका सदस्यहरूलाई हातको सरसफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान, केन्द्र, प्रदेश तथा स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन भएको, नियमित केस अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रूपमा निगरानी भई रहेको छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको ।

एउटै टोलबाट एक हप्ता भित्रमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था भएको छ ।

Published Date: 13 August 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु