भक्तपुरमा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम सम्पन्न

भक्तपुरमा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २९ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

आन्तरिक राजश्व कार्यालयको सभा हलमा कर अधिकृत दिलिप गौतमको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले संघ मार्फत स-साना उद्यमी व्यवसायीहरुलाई कर तिर्न तथा करमा दर्ता गर्न गरी रहेको सहकार्यबारे जानकारी गराउनुका साथै स साना करदाताहरुले विगतमा कर तिरेपनि यो वर्षको आन्तरिक राजश्व कार्यालयको सिस्टममा देखिएको विभिन्न समस्याहरु बारे कर अधिकृतलाई जानकारी गराए।

विशेषत: आर्थिक बर्ष २०५७/०५८ देखि २०६२/६३ साल सम्म कर तिरेको प्रमाण भएतापनि राजश्व कार्यालयको सिस्टममा कर बक्यौडा देखाएको,विगतमा चार आर्थिक बर्षको लगातार कर तिरेपछि सो भन्दा अघिका कर स्वतः मिनाहा भनी आर्थिक ऐनमा व्यवस्था भएनुसार कर तिरेका उद्यमी व्यवसायीहरुको पनि कर बक्यौडा देखाएको शन्दर्भमा बढी ध्यानाकर्षण गराइएको थियो।

साथै कर नतिर्नेलाई समय समयमा विभिन्न छुट सुविधा आउने तर निरन्तर कर तिर्नेलाई केही सुविधा नआएको कारण कम्तीम निरन्तर ५ बर्ष कर तिरी करचुक्ता लिएका उद्यमी व्यवसायीहरुलाई छैटौ बर्ष करमा केही सहुलियत दिए कर नियमित कर तिर्न लालयित हुने धारणा व्यक्त गरे ।

सो अवसरमा कर अधिकृत दिलिप गौतमले कर तिर्नु व्यवसायी वा नागरिकको दायित्व भित्र पर्ने र सरकारले विभिन्न कारण कर तिर्न सक्ने हैसियत नभएका कही प्रतिशत मात्र व्यवसायीलाई उत्थान होस भने उद्देश्यले समय समयमा कर छुटको व्यवस्था ल्याएको र सो छुट सोही ऐनमा व्यवस्था भएको समयावधिमा निवेदन दिई लिन सक्नु पर्ने बताए।

उनले कर अनलाईन मार्फत तिर्ने सुविधा भएको हुन्दा घरैमा बसी बसी कर तिर्न सक्ने भएको कारण राजश्व कार्यालयले प्रदान गरेको पासवर्ड सुरक्षित राख्नुपर्ने,कारोबार गर्दा अनिवार्य विल विजक लिनुदिनुपर्ने, व्यवशाय कारोबार गर्दा व्यवशायिक बैक खाता संचालन गर्नुका साथै व्यवसायीक क्यूआर मार्फतमात्र कारोबार गर्नुपर्ने एव यस बर्ष आर्थिक ऐनले प्रदान गरेका विभिन्न छुट सुविधा लगायत अन्य समसमायिक विषयमा कर शिक्षा दिए ।

साथै कर अधिकृत गौतमले सहभागी व्यवसायीहरुबाट उठाएका विभिन्न जिज्ञासाहरुको आर्थिक ऐनमा व्यवस्था भए अनुसारको जानकारी गराए भने २०५७/०५८ देखि २०६२/६३ तथा सो पछि पनि कर तिरेका उद्यमी व्यवसायीहरुको कर बक्यौडा देखाएको सम्वन्धमा विभागमा जानकारी गराई सकेको बताउंदै छिटै नै नीतिगत निर्णय हुने र दोहोरो कर तिर्नु नपर्ने धारणा राख्दै स-साना उद्यमो व्यवशायीहरुमा परेको समस्याबारे अवगत गराएको भक्तपुर घरेलु तथा साना उद्योग संघलाई धन्यवाद पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2024
Website | + posts