सूर्योदय स्कुलको आयोजनामा इप्सन वादविवाद प्रतियोगिता सम्पन्न

सूर्योदय स्कुलको आयोजनामा इप्सन वादविवाद प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २९ । भक्तपुर नगरपालिका खँचा (हनुमानघाट) स्थित सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा इप्सन अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुरका ११ वटा नीजि तथा संस्थागत विद्यालयहरूको संस्था इप्सनको बोर्ड कार्यक्रम अन्तर्गत आयोजित सो प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम संस्थाका सचिव तथा विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यको सभापतित्व तथा संस्थाका अध्यक्ष जि.वि खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सूर्योदयका संस्थापक रामगोपाल कर्माचार्य, सञ्चालक महेन्द्रगोपाल कर्माचार्यले समेत आफ्ना भनाईहरू राखेका थिए।

प्रतियोगितामा छात्रतर्फ क्रमश: ग्लोबल एकेडेमी, क्वालिटी इ.स्कुल, बिमल मेमोरियल विद्यापीठ, इडन गार्डेन इ. स्कुलले प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्न सफल भएको थियो भने छात्रातर्फ भने इडन गार्डेन स्कुल, हिमाल एकेडेमी, विमल मेमोरियल स्कुल र मदरल्याण्ड इ. स्कुलले पहिलोदेखि सान्त्वना स्थान हासिल गर्न सफल भएको विद्यालयका सह प्रिन्सिपल जयप्रकाश तामाङले जानकारी दिए।

इप्सनले हरेक वर्ष विद्यार्थी तथा शिक्षकहरूको सीप तथा व्यक्तित्व विकास हुने खालका कार्यक्रम नियमित रूपमा गर्दै आएको कुरा इप्सन सचिव एवम् सूर्योदय स्कुलका प्रिन्सिपल विजय कर्माचार्यले आइकन खबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2024
Website | + posts


ताजा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
मंहगो भाडा लिने २७८ जना राइडहरहरु ट्राफिक प्रहरीको कारबाहीमा
सरकार र यातायात व्यवसायीबीच भएन सहमति, भोली पनि बन्द निरन्तर रहने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग