चलचित्र ‘वर एण्ड वधु’को नयाँ पोस्टर सार्वजनिक

चलचित्र ‘वर एण्ड वधु’को नयाँ पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौँ, साउन २८ । फिल्म ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक तीन पोस्टरहरुमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

यस्तै, अर्को एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । फिल्म भदौको १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा जानुका थापाको लगानी छ । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

यो फिल्मको दुई वटा गीत सार्वजनिक भइसकेको छ । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Published Date: 12 August 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १५ गते मंगलबार
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घट्यो
स्वस्तिमा खड्काको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा