परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, साउन २८ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आयोजना, आर्थिक एवं विकास सहायता लगायतका विषयमा छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत भारतसँग कुरा उठाएकी छन् ।

भेटका क्रममा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषय पनि उठाएकी थिइन् ।

शिष्टाचार भेटका क्रममा व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts