चुरोटको सेवनले दिमागलाई संकुचन गर्ने

चुरोटको सेवनले दिमागलाई संकुचन गर्ने : Icon Khabar

काठमाडौं, साउन २८ । चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको कुरा नौलो होइन । सम्भवत: चुरोट पिउने हरेक व्यक्ति यसका जानकार छन्। यसले मुख, घाँटी र फोक्सोको क्यान्सरसम्म गराउने कुरा प्रमाणित भइसकेको छ। त्यसैले चुरोटको सेवन त्याग्न चिकित्सकहरुले बताउँदै आएका छन्।

भर्खरै नयाँ अनुसन्धान आएको छ । चुरोटको सेवनले मष्तिष्कलाई समेत संकुचन गर्ने गरेको उक्त अनुसन्धानले देखाएको हो। जर्नल ‘बायोलोजिकल साइक्याट्री: ग्लोबल ओपन साइन्स’मा प्रकाशित उक्त मेडिकल स्टडीका अनुसार धुम्रपानको असर मस्तिष्कमा पनि हुन्छ । यो स्टडी सेन्ट लुइसस्थित वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका रिसर्चरले गरेका हुन्।

स्टडीका अनुसार चुरोट पिउनेहरुको मष्तिष्क खुम्चिदै जान्छ। यदि चुरोट पिउन छाडियो भने थप संकुचित हुनबाट रोकिन सक्छ। तर, पहिले संकुचित भइसकेको हिस्सा खुल्ने सम्भावना भने कमजोर रहेको देखिएको छ।

शोधकर्ताहरुले आफ्नो अनुसन्धानमा लामव समयसम्म चुरोट पिउनेहरुको मष्तिष्क स्थायी रुपमा सानो भएको पाएका छन्। जसले बिचमै छाडेका छन्, उनीहरुको एक समयसम्म खुम्चिएको तर पछि त्यतिमै रोकिएको पाएका छन्।

वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनको साइक्याट्रि विभागकी प्रोफेसर लाउरा जे बेरुतका अनुसार सामान्यको भन्दा धुम्रपान गर्ने व्यक्ति चाँडो बुढो समेत देखिने पाइएको छ। उनका अनुसार चुरोट पिउनेलाई अल्जाइमर्सको समस्या पनि उच्च हुने पाइएको छ। दिमागको साइज र न्युरोन्स खराब भएर अल्जाइमर्स हुने अनुसन्धानमा उल्लेख गरिएको छ।

Published Date: 12 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग