कांग्रेसले पार्टीको सिद्धान्तबाट ‘समाजवाद’ हटाउनुपर्छ: प्रमुख सचेतक घिमिरे

कांग्रेसले पार्टीको सिद्धान्तबाट ‘समाजवाद’ हटाउनुपर्छ: प्रमुख सचेतक घिमिरे : Icon Khabar

काठमाडौँ, साउन २८ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रुपमा रहेको ‘समाजवादी’ शब्दलाई हटाउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसले स्थापनाकालदेखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गरेका हुन् ।

‘संसारका कुनैपनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबीचको अन्तर के हो ?’ सोमबारको पार्टी केन्द्रीय कार्यसमितिमा समाजवादी शब्द हटाउनुपर्ने प्रस्ताव राख्दै घिमिरेले भने,‘आज बीपी जिवित हुनु भएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो ? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरुले आफूलाई समाजवादी भन्छन् कि, सोसल डोमेक्याट?

विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको कांग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउनपनि कांग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताए । ‘कांग्रेस सोसल डेमोक्रयाटिक पार्टीनै हो, समाजवादी पार्टी होइन’ उनले भने ।

Published Date: 12 August 2024


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली