कांग्रेसले पार्टीको सिद्धान्तबाट ‘समाजवाद’ हटाउनुपर्छ: प्रमुख सचेतक घिमिरे

कांग्रेसले पार्टीको सिद्धान्तबाट ‘समाजवाद’ हटाउनुपर्छ: प्रमुख सचेतक घिमिरे : Icon Khabar

काठमाडौँ, साउन २८ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रुपमा रहेको ‘समाजवादी’ शब्दलाई हटाउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसले स्थापनाकालदेखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गरेका हुन् ।

‘संसारका कुनैपनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबीचको अन्तर के हो ?’ सोमबारको पार्टी केन्द्रीय कार्यसमितिमा समाजवादी शब्द हटाउनुपर्ने प्रस्ताव राख्दै घिमिरेले भने,‘आज बीपी जिवित हुनु भएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो ? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरुले आफूलाई समाजवादी भन्छन् कि, सोसल डोमेक्याट?

विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको कांग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउनपनि कांग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताए । ‘कांग्रेस सोसल डेमोक्रयाटिक पार्टीनै हो, समाजवादी पार्टी होइन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts