विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरविरुद्ध वाकाथन

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरविरुद्ध वाकाथन : Icon Khabar

काठमाडौँ, माघ २१ । वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार ५ किलोमिटरको वाकाथनको आयोजना गरेको छ । विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए ।

५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी अभिभावक गरी करिव ३ सय ५० जनाको उपस्थिति रहेको मिडिया संयोजक डोल्मा लामा शाहले जानकारी गराइन् । कार्यक्रममा क्यान्सर विशेषज्ञ डाक्टर खगेन्द्र देवकोटा र क्यान्सर जितेकी रत्नदेवी पाण्डेको पनि उपस्थिति रहेको थियो ।

वाकाथन वृहस्पति स्कुलको प्राङ्गणबाट शुरु भई मालीगाँउ, हाडीगाँउ डबली, कृष्ण मन्दिर, वडा नम्वर ५ हुँदै विशालनगर, टुडालदेवी भाटभटेनी, गहना पोखरी, टंगाल स्कुल हुँदै विद्यालय हातामा आएर टुंगिएको इसिए इन्चार्ज मुकेश केसीले जानकारी गराए ।

विभिएसले वाकाथनलाई महानगरीय प्रहरी वृत मालीगाँउ नक्साल र चिरायु अस्पतालले सहयोग गरेको थियो । विभिएसले विश्व क्यान्सर दिवसको अवसरमा हरेक वर्ष वाकाथन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2023
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध