विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरविरुद्ध वाकाथन

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरविरुद्ध वाकाथन : Icon Khabar

काठमाडौँ, माघ २१ । वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार ५ किलोमिटरको वाकाथनको आयोजना गरेको छ । विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए ।

५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी अभिभावक गरी करिव ३ सय ५० जनाको उपस्थिति रहेको मिडिया संयोजक डोल्मा लामा शाहले जानकारी गराइन् । कार्यक्रममा क्यान्सर विशेषज्ञ डाक्टर खगेन्द्र देवकोटा र क्यान्सर जितेकी रत्नदेवी पाण्डेको पनि उपस्थिति रहेको थियो ।

वाकाथन वृहस्पति स्कुलको प्राङ्गणबाट शुरु भई मालीगाँउ, हाडीगाँउ डबली, कृष्ण मन्दिर, वडा नम्वर ५ हुँदै विशालनगर, टुडालदेवी भाटभटेनी, गहना पोखरी, टंगाल स्कुल हुँदै विद्यालय हातामा आएर टुंगिएको इसिए इन्चार्ज मुकेश केसीले जानकारी गराए ।

विभिएसले वाकाथनलाई महानगरीय प्रहरी वृत मालीगाँउ नक्साल र चिरायु अस्पतालले सहयोग गरेको थियो । विभिएसले विश्व क्यान्सर दिवसको अवसरमा हरेक वर्ष वाकाथन गर्दै आइरहेको छ ।

Published Date: 04 February 2023


ताजा
अमेरिकाको भिसा नियम कडा: नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न