राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डको विजयी सुरुवात

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डको विजयी सुरुवात : Icon Khabar

काठमाडौँ, माघ २१ । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो ।

डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केहि आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो ।

दोश्रो र तेश्रो सेटमा सेनालाई डायमन्डले खेलमा फर्कने अवसरनै दिएन । डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित भईन् । उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नगद १० हजार सहित ट्रफी प्रदान गरे ।

दोश्रो खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले जित निकाल्यो । एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको छ । एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गरेको हो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भईन् । चौधरीले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।

यस अघि प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रतिष्ठान र निजी क्षेत्रको महत्व रहेको भन्द्र अन्य निजी संस्था तथा प्रतिष्ठानहरुले पनि खेलकुदमा चासो देखाउनु पर्नेमा जोड दिए । सदस्य सचिव घिसिङले भलिबल खेलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्दै नेपालमा आयोजना हुन लागेको काभा सेन्ट्रल एशिया सिनियर भलिबल प्रतियोगिताका लागि यो छनौट खेलको रुपमा रहन सक्ने समेत बताए ।

प्रतियोगितामा तीन विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता रहेको छ । पत्रकार सम्मेलनमा गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लबको समेत सहभागिता रहने बताईएता पनि अन्तिममा आएर दुई टिमले सहभागिता जनाएनन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिता माघ २४ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू