सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन नेपाली बजारमा

सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन नेपाली बजारमा : Icon Khabar

काठमाडौं, माघ २१ । कोरियन मोबाइल ब्राण्ड सामसङको ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक भएको छ।

कम्पनीले नेपाली बजारमा यी फोनहरुको प्रिअर्डर पनि खुला गरेको छ। ग्यालेक्सी एस २३ अल्ट्रा (१२/जीबी)को मूल्य नेपाली बजारमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, एस २३ प्लस (८/२५६ जीबि)को १ लाख ५१ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २३ (८/२५६ जीबि)को १ लाख २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने कम्पनीको दाबी छ। परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिने पनि कम्पनीले जनाएको छ।

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ चिपस चिपसेटका साथ उपलब्ध मोबाइल गेमिङ अनुभवमा शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ।

‘नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतिक हुनेछ। सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ,’ सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने।

ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ को प्रिअर्डरका लागि बेवसाइटमा क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ। प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मान्य हुने कम्पनीले जनाएको छ।

Published Date: 04 February 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ