माधवनारायण व्रत साली नदी मेला (फोटो फिचर)

माधवनारायण व्रत साली नदी मेला  (फोटो फिचर) : Icon Khabar
तस्बिर : किरण सुवाल

काठमाडौँ, माघ २८ । काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको साँखु, उपत्यकाबाट करिब १७ किमिको दुरीमा रहेको छ। हिन्दु धर्म अनुसार पौष शुक्ल पक्ष पुर्णिमाबाट साँखु उपत्यकाको साली नदीमा माधव नारायण मेला लाग्ने गर्छ।

यो एक महिने मेला स्वस्थानी व्रतका नामले पनि प्रख्यात छ। साली नदीको प्रसङ्ग स्वस्थानी व्रत कथामा पनि भएकोले माघ महिनामा यो नदीको विशेष महत्व रहेको छ।

साली नदीको तटमा देवी पार्वतीले माघ महिनामा स्वस्थानी माताको व्रत बसेको भन्ने विश्वासका कारण यस महिनामा विशेष गरी महिलाहरु स्नान गर्न आउछन्।

यो महिनामा ३१ दिन पुजा अर्चना गरे आफ्नो मनोकांक्षा पुरा हुने विश्वास रहेकोले माघ महिनामा यहाँ हिन्दु धर्मावलम्बीहरुको विशेष घुइचो लाग्छ।

Published Date: 04 February 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर