माधवनारायण व्रत साली नदी मेला (फोटो फिचर)

माधवनारायण व्रत साली नदी मेला  (फोटो फिचर) : Icon Khabar
तस्बिर : किरण सुवाल

काठमाडौँ, माघ २८ । काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको साँखु, उपत्यकाबाट करिब १७ किमिको दुरीमा रहेको छ। हिन्दु धर्म अनुसार पौष शुक्ल पक्ष पुर्णिमाबाट साँखु उपत्यकाको साली नदीमा माधव नारायण मेला लाग्ने गर्छ।

यो एक महिने मेला स्वस्थानी व्रतका नामले पनि प्रख्यात छ। साली नदीको प्रसङ्ग स्वस्थानी व्रत कथामा पनि भएकोले माघ महिनामा यो नदीको विशेष महत्व रहेको छ।

साली नदीको तटमा देवी पार्वतीले माघ महिनामा स्वस्थानी माताको व्रत बसेको भन्ने विश्वासका कारण यस महिनामा विशेष गरी महिलाहरु स्नान गर्न आउछन्।

यो महिनामा ३१ दिन पुजा अर्चना गरे आफ्नो मनोकांक्षा पुरा हुने विश्वास रहेकोले माघ महिनामा यहाँ हिन्दु धर्मावलम्बीहरुको विशेष घुइचो लाग्छ।

Published Date: 04 February 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने