कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला

कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला : Icon Khabar

ललितपुर, साउन २० । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले शव घोप्टो परेको अवस्थामा भेटिएको बताए। ‘बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन,’ उनले भने। शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।

Published Date: 04 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड