होटेल साङ्ग्रिला र भैरहवास्थित टाइगर प्यालेस रिसाेर्टमा सञ्चालन रहेको क्यासिनो बन्द

होटेल साङ्ग्रिला र भैरहवास्थित टाइगर प्यालेस रिसाेर्टमा सञ्चालन रहेको क्यासिनो बन्द : Icon Khabar

काठमाडौँ, साउन १७ । होटेल साङ्ग्रिला र भैरहवास्थित टाइगर प्यालेस रिसाेर्टमा सञ्चालन रहेको क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. को व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ ।

२०८०।१२।१० को सञ्चालक समितिको निर्णयबाट क्यासिनोहरुको इजाजत पत्र नवीकरण नगर्ने निर्णय भएको हो । यसै निर्णयअनुसार क्यासिनोका इजाजतपत्रहरु स्वतः रद्द भएकोले साउन १ गतेदेखि सम्पूर्ण कारोबार बन्द गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरूले भुक्तानी लिन बाँकी भए सम्पर्क गर्न कम्पनी व्यवस्थापनले अनुरोध गरेको छ ।

Published Date: 01 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु