स्वास्थ्य मन्त्री गिरी र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

स्वास्थ्य मन्त्री गिरी र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, माघ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री गिरीले कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय रहेको बताउदै विपदको घडीमा ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखराको भवनको रेट्रोफिटिङ भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने बताए ।

उनले आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न पनि आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस–एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।

राजदुत निकोलाले वर्षौँदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले २०२६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ–नयाँ कार्यक्रम ल्याउने र स्वास्थ्य सेवामा भइआएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

मन्त्री गिरीले राजदुत निकोलाले भनेका कुरालाई आफ्नो तहसम्म सकेसम्म पुरा गर्ने वचनबद्धता व्यक्त गरे ।

Published Date: 03 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?