एक्सेल्सियरलाई सफलता

एक्सेल्सियरलाई सफलता : Icon Khabar

काठमाडौं, माघ २० । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गरेको थियो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले हराए । जेनिथका सुशिल शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे ।

त्यसैगरी गल्र्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडिअन्टले रिब्सलाई ८–१ ले पन्छाए । चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले ।

एक्सेल्सियर कप यु–१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगायो । काभ्या विरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे । काष्ठमण्डप विरुद्ध एक्सेल्सियरका साहिलराज थापाले २ तथा कृष पाण्डेले १ गोल गरे । काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १–१ गोल फर्काए ।

त्यसै यु–१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४–१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० र बृहस्पति विद्या सदनलाई  १–०, एनआईसी एकेडेमीले विद्या संस्कारलाई ४–३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ तथा होली भिजनले बृहस्पतिलाई ६–० गोलअन्तरले निराश पारे । न्यु इरा र ग्रिनफिल्ड भने गोलरहित बराबरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल