एक्सेल्सियरलाई सफलता

एक्सेल्सियरलाई सफलता : Icon Khabar

काठमाडौं, माघ २० । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गरेको थियो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले हराए । जेनिथका सुशिल शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे ।

त्यसैगरी गल्र्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडिअन्टले रिब्सलाई ८–१ ले पन्छाए । चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले ।

एक्सेल्सियर कप यु–१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगायो । काभ्या विरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे । काष्ठमण्डप विरुद्ध एक्सेल्सियरका साहिलराज थापाले २ तथा कृष पाण्डेले १ गोल गरे । काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १–१ गोल फर्काए ।

त्यसै यु–१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४–१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० र बृहस्पति विद्या सदनलाई  १–०, एनआईसी एकेडेमीले विद्या संस्कारलाई ४–३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ तथा होली भिजनले बृहस्पतिलाई ६–० गोलअन्तरले निराश पारे । न्यु इरा र ग्रिनफिल्ड भने गोलरहित बराबरी भएको थियो ।

Published Date: 03 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ