एक महिनादेखि रेसुंगा विमानस्थल बन्द

एक महिनादेखि रेसुंगा विमानस्थल बन्द : Icon Khabar

काठमाडौँ साउन ७ । वर्षाको कारण रेसुंगा विमानस्थलमा करिब एक महिना देखि उडान रोकिएको छ। एकहप्तामा ३ चोटी उडान हुने विमानस्थलमा असार १४ गतेदेखि प्रतिकुल मौसमको कारण भनि उडान रोकिएको छ।

सधै बिहान साढे ६ बजे काठमाडौँबाट गुल्मी र बिहान ७ बजेर ४५ मा उडान हुने गर्दथ्यो तर सो समयमा नै बादल लाग्दा नेपाल एरलाइन्सले समस्या भोग्नु परेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताएका छन्।

दिउँसोको समयमा हावा चल्ने भएको हुँदा बिहानीको समयमा मात्र विमान उड्नको लागि उपयुक्त हुने प्राविधिक निष्कर्ष रहेको छ। यात्रुहरुको चाप बढेपछि रेसुंगा विमानस्थलवाट हप्ताको ३ उडानको अनुमति पाएको थियो। तर केहि समयदेखि शुक्रबार मात्र उडान सम्भव भएको स्टेशन प्रमुखले बताएका छन्।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु