आजभोलि गोलभेँडाको मूल्य किन सस्तिदै छ ?

आजभोलि गोलभेँडाको मूल्य किन सस्तिदै छ ? : Icon Khabar

काठमाडौँ, साउन ६ । पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँ छ भने ठूलो गोलभेँडाको ९० देखि एक सय रूपैयाँमा तोकिएको छ।

शनिबारदेखि बजारमा गोलभेँडाको मूल्यमा अत्यन्तै गिरावट आएको कालीमाटी बजारका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘अहिले बजारमा धेरै गोलभेँडा छ। त्यो भएर सस्तिएको हो,’ उनले भने।

हाल बजारमा प्रतिक्रेट गोलभेँडाको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँ छ। कालीमाटी बजारमा उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा गोलभेँडा पाइरहेको उनले जानकारी दिए।

गोलभेँडाको मुख्य बजार काठमाडौं, हेटौंडा, पोखरा र नारायणघाट हो। काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।

उनका अनुसार काठमाडौंबाट हेटौंडा, नारायणघाट लगायतका बाहिरी जिल्लामा पनि जाने गरेको छ। तर, अहिले निरन्तर झरीले बाटो बिग्रिएका कारण बाहिर पठाउन नसक्दा यहाँ गोलभेँडाको भाउ सस्तिएको हो।

Published Date: 21 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड