आजभोलि गोलभेँडाको मूल्य किन सस्तिदै छ ?

आजभोलि गोलभेँडाको मूल्य किन सस्तिदै छ ? : Icon Khabar

काठमाडौँ, साउन ६ । पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँ छ भने ठूलो गोलभेँडाको ९० देखि एक सय रूपैयाँमा तोकिएको छ।

शनिबारदेखि बजारमा गोलभेँडाको मूल्यमा अत्यन्तै गिरावट आएको कालीमाटी बजारका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘अहिले बजारमा धेरै गोलभेँडा छ। त्यो भएर सस्तिएको हो,’ उनले भने।

हाल बजारमा प्रतिक्रेट गोलभेँडाको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँ छ। कालीमाटी बजारमा उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा गोलभेँडा पाइरहेको उनले जानकारी दिए।

गोलभेँडाको मुख्य बजार काठमाडौं, हेटौंडा, पोखरा र नारायणघाट हो। काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।

उनका अनुसार काठमाडौंबाट हेटौंडा, नारायणघाट लगायतका बाहिरी जिल्लामा पनि जाने गरेको छ। तर, अहिले निरन्तर झरीले बाटो बिग्रिएका कारण बाहिर पठाउन नसक्दा यहाँ गोलभेँडाको भाउ सस्तिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)