सिन्धुपाल्चोकमा भारी वर्षासँगै मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध

सिन्धुपाल्चोकमा भारी वर्षासँगै मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध : Icon Khabar

काठमाडौं, साउन ६ । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ ।

Published Date: 21 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड