सिन्धुपाल्चोकमा भारी वर्षासँगै मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध

सिन्धुपाल्चोकमा भारी वर्षासँगै मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध : Icon Khabar

काठमाडौं, साउन ६ । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
Published Date: 21 July 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)