नेप्से परिसूचक २२.१२ अंकले तल झर्यो

नेप्से परिसूचक २२.१२ अंकले तल झर्यो : Icon Khabar

काठमाडौं, माघ १९ । बिहिबार नेप्से परिसूचक १.०४ प्रतिशतको गिरावट हुँदा २२.१२ अंकले झरेको छ । सोहि कारण नेप्से २०९४.५४ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

Published Date: 02 February 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै