राजस्व नबुझाएका डान्स बार, दोहोरी साँझलाई काठमाडौँ महानगरको ताकेता

राजस्व नबुझाएका डान्स बार, दोहोरी साँझलाई काठमाडौँ महानगरको ताकेता : Icon Khabar

काठमाडौँ, असार २५ । काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ ।

काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ ।

 

Published Date: 09 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु