आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २३ । नेप्से परिसूचक आइतबार २१.२७ विन्दुले बढेर २१४०.९७ अंकमा आइपुगेको छ ।

आज ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

आज ३२५ कम्पनीको १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2024
Website | + posts