आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २४ । आज २०८१ असार २४ गते सोमबार, तद्अनुसार ८ जुलाई २०२४ । आज असार शुक्ल तृतिया, वज्र तैतल पुष्य, सूर्योदय बिहानः ०५ः१४ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्य गर्नमा रुचि रहने छ । मान–सम्मान पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ ।

वृष: टाढाबाट सुखद सूचना प्राप्त हुनसक्छ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: नवीन वस्त्राभूषणको प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । दाजु–भाइको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: पारिवारिक चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि गर्नेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । रोकिएको पैसा प्राप्त हुने योग छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ ।

कन्या: कार्यस्थलमा परिवर्तनको सम्भावना छ । योजना फलीभूत हुनेछ । उत्साह तथा प्रसन्नता रहने छ । समय शुभ छ ।

तुला: कुनै धार्मिक स्थलको यात्राको आयोजना हुनसक्छ । सत्संगको लाभ मिल्ने छ । पारिवारिक सहयोग पाइने छ । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धन प्राप्तिमा बाधाहरु हट्ने छन् ।

वृश्चिक: चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, लापरवाही नगर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । मानिसहरुबाट बढी अपेक्षा नगर्नु होला ।

धनु: हतारमा काग बिग्रन तथा समस्या बढ्न सक्ने छ । बाहिर जाने योजना बन्ने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: भूमि, भवन, पसल, शोरूम अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । परिवारमा प्रसन्नता रहने छ ।

मीन: अरुबाट धेरै अपेक्षा नगर्नु होला । साथीहरुसंग समय राम्ररी व्यतीत हुनेछ । जागिरमा कार्यभार बढ्ने छ ।

Published Date: 08 July 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी